११ घण्टापछि रिहा भए चोलेन्द्र, कहाँ पठाइयो प्रहरीले खुलाएन


२०८३ असोज ११ आइतबार १४:२० बजे
फाइल फोटो

काठमाडौं : सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले ११ घण्टाभन्दा बढी नियन्त्रणमा राखेर रिहा गरेको छ।

आइतबार दिउँसो प्रहरीले उनलाई रिहा गरेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जबरालाई ‘सुरक्षित’ स्थानमा पठाइएको जानकारी दिएका छन्। तर, उनलाई कहाँ पठाइएको हो भन्नेबारे प्रहरीले खुलाएको छैन। 

जबरालाई आइतबार बिहान करिब २ बजे काठमाडौंको महाराजगञ्जस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएर टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुर्‍याएको थियो।

प्रहरीले जबरालाई सुरक्षाका लागि कार्यालयमा ल्याइएको दाबी गरेको थियो। कार्यालय प्रमुख एसएसपी सन्तोष खड्काले डिस्कर्ड समूहमा जबराविरुद्ध विभिन्न अफवाह फैलिएको र त्यसबाट सुरक्षा चुनौती देखिएकाले उनलाई कार्यालयमा ल्याउनुपरेको बताएका थिए।

जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि राष्ट्रिय मानव अधिकार आयोगको टोली उनलाई भेट्न टेकु पुगेको थियो। तर, प्रहरीले भेट्न नदिएपछि आयोगको टोली करिब ४५ मिनेट गेटमा बसेर फर्किएको थियो।

जबरालाई कुन कानुनी आधारमा नियन्त्रणमा लिइएको थियो र पछि ‘सुरक्षित’ स्थानमा पठाइएको भनिएको स्थान कहाँ हो भन्नेबारे प्रहरीले विस्तृत जानकारी सार्वजनिक गरेको छैन।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७