भ्रष्टाचारले नेपाली राजनीति बदनाम भयो : अध्यक्ष नेपाल


२०८१ मङ्सिर २२ शनिबार १९:५७ बजे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली राजनीतिको मुख्य समस्या भ्रष्टाचार भएको बताएका छन् । उनले भ्रष्टाचारकै कारण नेपाली राजनीति बदनाम भएको भन्दै यसको अन्त्य आफैंबाट सुरु गर्नुपर्ने बताए ।

आज (शनिबार) काठमाडौंमा आयोजित सोफा उत्पादक संघ नेपालको प्रथम साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भ्रष्टाचार नगर्ने, गर्न नदिने, र गर्ने व्यक्तिलाई कारबाही गर्ने हो भने मात्रै सुधार सम्भव हुने धारणा राखे । उनले भने, ‘भ्रष्टाचारका घटनामा तत्काल कारबाही गर्न थाल्दा मात्रै सातो जाने अवस्था आउँछ । बेथितिका विरुद्धमा जुध्न थालेपछि मात्रै थिति बस्छ ।’

उनका अनुसार नेपाली राजनीतिको अर्को गम्भीर समस्या व्यक्तिवाद र अहङ्कार हो । ‘नेताहरूमा मैमत्तपना, अरू केही पनि जान्दैनन् भन्ने सोच, सङ्कीर्ण दृष्टिकोण, र सामरिक दृष्टिकोणको अभावले समस्या निम्त्याएको छ,’ उनले थपे । अध्यक्ष नेपालले उत्पादनमा आकर्षण घट्न नदिन बजारको सुनिश्चितता गर्नुपर्ने आवश्यकता औंल्याए । देशभित्रै रोजगारी सिर्जना गर्न र बजेट निर्माण प्रक्रियामा गम्भीर पुनरावलोकन गर्नुपर्नेमा उनले जोड दिए । ‘राष्ट्रिय उत्पादनको वृद्धि नै हाम्रो प्राथमिकता हुनुपर्छ,’ नेपालले भने । नेपाली राजनीति र अर्थतन्त्रका समस्या समाधानका लागि सुधारात्मक उपायको खाँचो रहेको उनको धारणा थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७