वडाध्यक्ष नेम्वाङको निधन  


२०८१ फाल्गुण ७ बुधबार ०३:३१ बजे

पाँचथर । पाँचथरको फाल्गुन्द गाउँपालिका–३ का वडाध्यक्ष सुखबीर नेम्वाङको ५६ वर्षको उमेरमा निधन भएको छ। नेम्वाङ नेपाली कांग्रेसको फाल्गुनन्द गाउँपालिका सभापति समेत थिए । राज्यको पुनःसंरचनापछि २०७४ सालमा पहिलो पटक वडाध्यक्षमा निर्वाचित उनी २०७९ सालमा दोस्रो कार्यकालका लागि विजयी भएका थिए ।

पछिल्लो समय उनलाई मुखको क्यान्सर भएको थियो । क्यान्सरकै कारण उनको निधन भएको गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बेले बताए । लामो समयसम्म भक्तपुर क्यान्सर अस्पतालमा उपचार गरेपछि उनलाई अस्पतालले फिर्ता पठाएसँगै माघ तेस्रो साता फाल्गुनन्द ३ स्थित पौवासारतापमा रहेको घर ल्याइएको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७