माधव लक्षित रामकुमारीको कटाक्ष : व्यक्तिको संकट टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्छ 


२०८२ कार्तिक १४ शुक्रबार १०:४० बजे

काठमाडौं : नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले व्यक्तिको संकट टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्ने बताएकी छिन् । 

नेकपा (एकीकृत समाजवादी) को नेकपा (माओवादी केन्द्र) सँग एकताको तयारी भइरहँदा झाँक्रीको यस्तो अभिव्यक्ति आएको हो । उनको आक्रोश अध्यक्ष माधवकुमार नेपालतर्फ केन्द्रित छ ।

सामाजिक सञ्जालमार्फत उनले भनेकी छिन्– ‘व्यक्तिको आवश्यकता र व्यक्तिको सङ्कट टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्छ। इतिहासको वास्तविकता यस्तै छ। मान्छे नै थपेर बहुमत पुराउन त सकिन्छ तर त्यस्तो बहुमतले सबैको भावना बोक्छ भन्ने चाहिँ होइन।’

एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच एकताको तयारी छ । अध्यक्ष नेपालको नेतृत्वमा बहुमत केन्द्रीय सदस्य एकताको पक्षमा लाग्दा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेतृ झाँक्रीलगायत भने एकताको विपक्षमा उभिएका छन् । 

माओवादीसँग एकता गर्न नचाहनेहरू एमालेमा फर्कने वा एकीकृत समाजवादीलाई पुनर्गठन गर्ने भन्ने द्वुविधामा छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७