निर्धारित मितिमा निर्वाचन नभए सरकारको औचित्य सकिन्छ : वर्षमान पुन


२०८२ पौष १ मंगलबार १४:३३ बजे

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले तोकिएको मितिमा निर्वाचन नगरिए सरकारको औचित्य समाप्त हुने बताएका छन्।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानअनुसार ६ महिनाभित्र निर्वाचन गराउने म्याण्डेट दिइएको उल्लेख गरे । तोकिएको मितिमा निर्वाचन नभए सरकारको औचित्य नरहने उनको भनाइ छ।

नेता पुनले निर्वाचनको मिति सार्न सकिन्छ भन्ने मतमा कुनै तर्क नरहेको जिकिर गरे। तोकिएकै मितिमा निर्वाचन गरेर अघि बढे मुलुकलाई सङ्कटबाट निकास दिन सकिने उनले बताए।

उनले सरकारले अर्थतन्त्र चलायमान बनाउने गरी पुँजीगत खर्च बढाउनुपर्ने बताए ।

साथै जेनजी आन्दोलनबाट प्रभावित निजी क्षेत्रका उद्योग र व्यवसायलाई राहत दिन सरकारलाई सचेत गराए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७