वामपन्थी र लोकतान्त्रिक दलहरूको एउटै आर्थिक एजेन्डा हुँदैन : शिशिर खनाल


२०८२ माघ १८ आइतबार १३:१३ बजे

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले वामपन्थी र लोकतान्त्रिक दलहरूको एउटै आर्थिक दृष्टिकोण ल्याउनु सम्भव नरहेको बताएका छन् । आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा खनालले भने, 'वामपन्थी र लोकतान्त्रिक दलहरूको विचार र दृष्टिकोण फरक भएका कारण एउटै आर्थिक एजेन्डामा सहमति पुग्न गाह्रो छ।'

उनका अनुसार, निजी क्षेत्रले लामो समयदेखि राजनीतिक दलहरूलाई समान आर्थिक दृष्टिकोण बनाउन आग्रह गर्दै आएको छ तर, खनालले भने, 'दलहरूको मूल आधार भनेको विचार र वाद हो, जसले गर्दा सबै दल मिलेर एउटै एजेन्डा तय गर्न गाह्रो हुन्छ।'

खनालले वामपन्थी दलहरूलाई आफ्नो दृष्टिकोणअनुसार कार्यक्रम ल्याउनुपर्ने र लोकतान्त्रिक दलहरूलाई पनि आफ्नो एजेन्डा स्पष्ट पार्नुपर्ने बताए। उनले थपे, 'मतदाताले दलको विचार र दृष्टिकोणमा आधारित भएर विश्वास गर्ने भएकाले विचारभन्दा बाहिर गएर बनाइने एजेन्डा कार्यान्वयनको चरणमा नजाने हो।'

उनले सबै दललाई एउटै दृष्टिकोण ल्याउन दबाब दिनु भनेको "विचारप्रति अन्याय" भएको बताएका छन् । रास्वपाका नेता खनालले पार्टीको आर्थिक दृष्टिकोण उदार अर्थनीतिको सिद्धान्तमा आधारित भएको तर सामाजिक न्यायलाई पनि प्राथमिकता दिने बताएका छन्। 'रास्वपा बहुलवादमा विश्वास गर्ने लोकतान्त्रिक शक्ति भएको पार्टी हो, र यसै आधारमा हाम्रो आर्थिक एजेन्डा तय गरिएको छ,' उनले भने।

आफ्नो पार्टीको घोषणा-पत्रमा रोजगारीलाई पहिलो प्राथमिकतामा राखिएको खनालले उल्लेख गरे । निजी क्षेत्रले करिब दुई दर्जन कानुनलाई खारेज वा संशोधन गर्नुपर्ने सुझाव दिएका छन् । 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७