एमालेले राष्ट्रहित, स्वतन्त्रता, स्वाभिमान र राष्ट्रियताको सवाललाई जोड दिन्छ : ईश्वर पोखरेल


२०८२ माघ २१ बुधबार १३:५९ बजे

काठमाडौँ : नेकपा एमालेका नेता ईश्वर पोखरेलले चुनावी घोषणा पत्रको तयारी अन्तिम चरणमा पुगेको बताएका छन्। एमालेका उम्मेदवारहरूसँगको संवाद कार्यक्रममा बोल्दै पोखरेलले घोषणा पत्रमा समेटिने विषयहरूका बारेमा पनि जानकारी दिए।

‘हामी घोषणा पत्र तयारीमा छौं । चाँडै नै यो सार्वजनिक हुनेछ। नेकपा एमालेले राष्ट्रियहित, स्वतन्त्रता, स्वाभिमान र राष्ट्रियताको सवाललाई जोड दिन्छ,’ उनले भने, ‘सामाजिक सद्भाव कायम गर्ने कुरालाई पनि हामी जोड दिन्छौं। विकास निर्माणसँग जोडिएका आयोजना र परियोजनामा केन्द्रित हुन चाहन्छौं।’

उनले सुशासनसँग सम्बन्धित कुराहरू- जस्तै भ्रष्टाचार नियन्त्रण, स्वास्थ्य, शिक्षा र रोजगारलाई पनि घोषणा पत्रमा समेटिने बताए ।

‘संविधान संशोधनका कुराहरू पनि समेटिनेछन्। हामी बोल्छौं। यसपटकको घोषणामा पृथक ढंगले हामी प्रस्तुत भएको पाउनुहुन्छ,’ उनले भने, ‘कुन काम, कति बेला, कसरी गर्छौं भन्ने कुरा खुलाएर घोषणा पत्र लिएर आउँछौं।’

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७