थप उपचारका लागि शेरबहादुर देउवा सिंगापुर प्रस्थान
काठमाडौँः नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा थप स्वास्थ्य उपचारका लागि सिंगापुर गएका छन् । देउवा बुधबार राति ११ः३० को सिंगापुर एयरलाइन्सको उडानबाट प्रस्थान गरेको विमानस्थल सुरक्षास्रोतले जनाएको छ ।
जेनजी आन्दोलनमा उनीमाथि कुटपिट भएको थियो । त्यसपछि उनले सिंगापुरमै उपचार गराएका थिए । देउवा बुधबार राति साढे १० बजे अन्तर्राष्ट्रिय टर्मिनल तर्फको स्टेरलाइज एरिया (विमान प्रतीक्षा कक्ष)बाट प्रस्थान गरेका हुन् । पार्टी विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ समिति चयन भएपछि देउवा निष्क्रिय भएर बसेका थिए ।
.gif)

.png)

