आज कुन विदेशी मुद्राको भाउ कति ?
वाणिज्य बैंकहरूले आफ्नै हिसाबले विनिमयदर तोक्न सक्ने
काठमाडौँः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ, जसअनुसार प्रमुख मुद्राहरूको भाउमा खासै परिवर्तन नभई स्थिरता कायम भएको छ। शनिबारकै दरलाई निरन्तरता दिँदै आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा तोकिएको छ। त्यस्तै, युरोपियन युरोको खरिददर १७७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७८ रुपैयाँ २५ पैसा कायम भएको छ।
अन्य प्रमुख मुद्राहरूमा युके पाउन्ड स्ट्रलिङको खरिददर २०५ रुपैयाँ ३० पैसा र बिक्रीदर १०६ रुपैयाँ १२ पैसा रहेको छ भने स्वीस फ्रयाङ्कको खरिददर १९३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९४ रुपैयाँ ९५ पैसा तोकिएको छ। अष्ट्रेलियन डलर १०९ रुपैयाँ १८ पैसामा खरिद र १०९ रुपैयाँ ६१ पैसामा बिक्री भइरहँदा क्यानेडियन डलरको बिक्रीदर ११० रुपैयाँ ९९ पैसा पुगेको छ।
खाडी मुलुकका मुद्राहरूमध्ये कतारी रियालको खरिददर ४१ रुपैयाँ ४१ पैसा र साउदी रियालको ४० रुपैयाँ २२ पैसा रहेको छ। सबैभन्दा महँगो मुद्राको रूपमा रहेको कुवेती दिनारको खरिददर ४९२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४९४ रुपैयाँ ७१ पैसा कायम गरिएको छ। छिमेकी देशको मुद्रा भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसामा स्थिर छ।
केन्द्रीय बैंकका अनुसार यो विनिमयदर आवश्यकता परेको खण्डमा जुनसुकै समयमा पनि हेरफेर हुन सक्छ। साथै, वाणिज्य बैंकहरूले आफ्नै हिसाबले विनिमयदर तोक्न सक्ने भएकाले यो दरभन्दा बैंकहरूको दर केही फरक हुन सक्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ। थप जानकारीका लागि सर्वसाधारणले बैंकको आधिकारिक वेबसाइट हेर्न सक्नेछन्।
.gif)

.png)

