एमबाप्पेसँग माफी माग्न पाराग्वेकी सिनेटरको माग, कानुनी कारबाहीको चेतावनी
काठमाडौं । फ्रान्सका स्टार फरवार्ड किलियन एमबाप्पेसँग विवादमा परेकी पाराग्वेकी सिनेटर सेलेस्टे अमारिल्लाले एमबाप्पेसँग सार्वजनिक रूपमा माफी माग्न माग गर्दै अन्यथा लैङ्गिक हिंसासम्बन्धी कानुनी कारबाही अघि बढाउने चेतावनी दिएकी छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक खुला पत्रमा अमारिल्लाले एमबाप्पेको उत्पत्ति र शिक्षासम्बन्धी आफूले गरेका जातीय टिप्पणी फिर्ता लिएको र ती अभिव्यक्तिप्रति पछुतो व्यक्त गरेकी छन्। तर, एमबाप्पेले आफूलाई 'पदका लागि अयोग्य र घृणित महिला'भनेको भन्दै त्यसबारे माफी माग्नुपर्ने उनको माग छ।
'मेरा अभिव्यक्तिहरू आवेगमा आएर लेखिएका थिए। पछि मैले आफूले घृणा गर्ने व्यवहारकै पुनरावृत्ति गरेको महसुस गरेँ र पोस्ट हटाएँ। अब एमबाप्पेले पनि आफ्ना अभिव्यक्ति फिर्ता लिएर माफी माग्नुपर्छ,' अमारिल्लाले पत्रमा उल्लेख गरेकी छन्।
उनले एमबाप्पेको अभिव्यक्तिलाई लैङ्गिक तथा राजनीतिक हिंसा को संज्ञा दिँदै माफी नमागे कानुनी प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिएकी छन्।
यो विवाद फ्रान्सले विश्वकप २०२६ को अन्तिम १६ मा पाराग्वेलाई १–० ले हराएपछि सुरु भएको हो। खेलपछि अमारिल्लाले एमबाप्पेविरुद्ध सामाजिक सञ्जालमा जातीय टिप्पणी गरेकी थिइन्। त्यसपछि एमबाप्पेले उनी 'पाराग्वेको प्रतिनिधित्व गर्न अयोग्यू रहेको टिप्पणी गरेका थिए।
फ्रान्सेली फुटबल महासंघ (FFF) ले अमारिल्लाको अभिव्यक्तिलाई 'पूर्ण रूपमा घृणित र अस्वीकार्य'भन्दै उनीविरुद्ध कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले पनि एमबाप्पेको समर्थन गर्दै जातिवादविरुद्ध ऐक्यबद्धता व्यक्त गरेका छन्।
यसैबीच, पाराग्वे सरकारले पनि अमारिल्लाको जातीय टिप्पणीको निन्दा गर्दै ती अभिव्यक्तिले सरकार वा पाराग्वेली जनताको आधिकारिक धारणा प्रतिनिधित्व नगर्ने स्पष्ट पारेको छ।
.gif)

.png)

