नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल

१३ वर्षे स्वास्थ्य क्षेत्रको अनुभव भएका सगुन पौडेल बने स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष


२०८३ भदौ २ मंगलबार २०:५४ बजे

काठमाडौं : जनस्वास्थ्य विज्ञ तथा स्वास्थ्य नीति र स्वास्थ्य प्रणालीका विशेषज्ञ सगुन पौडेल नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा नियुक्त भएका छन्। स्वास्थ्य क्षेत्रमा १३ वर्षभन्दा बढीको अनुभव रहेका पौडेलले समुदायस्तरका स्वास्थ्य संस्थादेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्म विभिन्न जिम्मेवारी सम्हालिसकेका छन्।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा समेत प्राविधिक तथा नेतृत्वदायी भूमिकामा काम गरेका पौडेलले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) नेपाल, आरटीआई इन्टरनेसनल, अन्तर्राष्ट्रिय रेडक्रस तथा क्यानडियन रेडक्रस, यूएस फार्माकोपिया र क्राउन एजेन्ट्स लगायतका संस्थामा विभिन्न जिम्मेवारीमा रहेर काम गरेका छन्।

स्वास्थ्य प्रणाली सुदृढीकरण, स्वास्थ्य नीति तथा योजना, स्वास्थ्य क्षेत्रको वित्तीय व्यवस्थापन, स्वास्थ्य जनशक्ति विकास तथा कार्यान्वयन अनुसन्धान पौडेलका प्रमुख कार्यक्षेत्र हुन्। स्वास्थ्य क्षेत्रका विभिन्न तहमा हासिल गरेको अनुभव र विज्ञतालाई अब उनले नेपाल स्वास्थ्य व्यवसायी परिषद्को नेतृत्वमा उपयोग गर्ने अपेक्षा गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७