नेपाल भ्रमण सकेर फर्किए भारतीय स्थल सेनाध्यक्ष
मानार्थ महारथीको सम्मान पाएर स्वदेश फर्किए भारतीय स्थल सेनाध्यक्ष सेठ
काठमाडौं : भारतीय स्थल सेनाध्यक्ष धीरज सेठ चार दिने नेपाल भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्। प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा आइतबार नेपाल आएका सेठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदिपजंग केसीले बिदाइ गरेका थिए।
नेपाल भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका थिए। उनले राष्ट्रपति पौडेल, प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाह र प्रधानसेनापति सिग्देलसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए।
नेपाली सेनाका अनुसार भ्रमणले नेपाल र भारतबीचको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई थप सुमधुर र प्रगाढ बनाउन सहयोग पुगेको छ।
.gif)

.png)

