प्रधानमन्त्री राहत कोषमा विष्णु अग्रवालको १.११ करोड सहयोग


२०८३ भदौ १२ शुक्रबार २१:४९ बजे

काठमाडौँ : भोटेकोशी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि उद्योगपति विष्णु कुमार अग्रवालले १ करोड ११ लाख रुपैयाँ सहयोग गरेका छन्। नेपाल उद्योग परिसंघ (CNI) का पूर्व अध्यक्षसमेत रहेका अग्रवालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेका हुन्।

रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भोटेकोशी नदीको बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएपछि सरकारले राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्न आह्वान गरेको थियो। सरकारको उक्त अपिलअनुसार अग्रवालले व्यक्तिगत/संस्थागत तर्फबाट १ करोड ११ लाख रुपैयाँ कोषमा योगदान गरेका हुन्।

उक्त रकम बाढी प्रभावितको उद्धार, तत्कालीन राहत तथा पुनःस्थापनाका काममा उपयोग हुने बताइएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७