बाढीपीडितका लागि प्रधानमन्त्री कोषमा जुट्यो पाँच अर्ब २४ करोड


२०८३ भदौ १५ सोमबार ०७:१६ बजे
फाइल फोटो

काठमाडौं : बाढीपहिरो प्रभावितको राहत तथा उद्धारका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा हालसम्म ५ अर्ब २४ करोड ६९ लाख ४४ हजार रुपैयाँ संकलन भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बाढीपीडितका लागि स्वदेश तथा विदेशबाट आर्थिक सहयोग प्राप्त हुने क्रम जारी छ। सरकारले प्राप्त सहयोगको विवरण पारदर्शी रूपमा सार्वजनिक गर्न ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालनमा ल्याएको छ। कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष तथा प्रधानमन्त्री कोषमार्फत प्राप्त रकम विभिन्न वाणिज्य बैंकमा रहेका खातामा जम्मा भइरहेको छ।

हालसम्म नौ वटा वाणिज्य बैंकका खातामा रकम संकलन भएको जनाइएको छ। यसैबीच, हिमालयन र लक्ष्मी बैंकमा थप २१ लाख ४३ हजार २३२ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ। 

विपद्का बेला प्राप्त सहयोगको पारदर्शी उपयोग तथा प्रभावकारी व्यवस्थापन सुनिश्चित गर्न सरकारले आधिकारिक माध्यमबाट मात्र आर्थिक सहयोग गर्न आग्रह गरेको छ। सरकारले सम्भावित वित्तीय ठगीबाट जोगिन प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषको नाममा सार्वजनिक गरिएको आधिकारिक क्यूआर कोड तथा बैंक खातामा मात्र रकम जम्मा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

कोषमा रकम जम्मा गर्न आवश्यक बैंक खाता तथा अन्य विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७