त्रिशूली–३ ‘बी’ आयोजनाको सुरुङमा उद्धार जारी
८९ नेपाली सेना र तीन एक्स्काभेटर परिचालन
काठमाडौं : रसुवाको भोटेकोसी हुँदै आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा उद्धार तथा खोजी कार्य जारी रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार आयोजनाको कार्यालय भवन क्षेत्रमा तीनवटा एक्स्काभेटर र ८९ जना नेपाली सेना परिचालन गरी उत्खनन तथा उद्धार कार्य भइरहेको छ। बाढीका कारण प्रभावित आयोजनाको क्याम्प तथा कार्यालय क्षेत्रमा सम्भावित जोखिममा परेकाहरूको खोजीका लागि सुरक्षाकर्मी र प्राविधिक टोली परिचालन गरिएको प्राधिकरणले जनाएको छ।
यसैबीच, उद्धार तथा उत्खनन कार्यलाई थप प्रभावकारी बनाउन ठूलो क्षमताको एक्स्काभेटर सुरुङमार्फत क्याम्प क्षेत्रसम्म लैजाने काम भइरहेको प्राधिकरणले जानकारी दिएको छ। बाढीपछि आयोजनाको प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको प्राधिकरणले जनाएको छ।
.gif)

.png)

