बाढीपीडितको राहत हिनामिना गरेको आरोपमा प्रहरीको खण्डन


२०८३ भदौ २४ बुधबार ०८:१६ बजे
फाइल फोटो

काठमाडौं : नेपाल प्रहरीले बाढीपीडितका लागि आएको राहत सामग्री सुरक्षाकर्मीले हिनामिना गरेको भन्दै सामाजिक सञ्जालमा फैलाइएको प्रचार निराधार र तथ्यहीन भएको जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले भोटेकोशी बाढीपछि रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा खटिएका सुरक्षाकर्मीलाई लक्षित गरी भ्रामक प्रचार गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

प्रहरीले जारी गरेको विज्ञप्तिमा सुरक्षाकर्मीले राहत सामग्री आफैँ राखेको, वितरण नगरेको वा सामग्री सडेर गएको भन्नेजस्ता दाबी सामाजिक सञ्जालमा फैलाइएको तर ती दाबी तथ्यहीन रहेको उल्लेख छ। विपद्को समयमा आफ्नो ज्यानको समेत प्रवाह नगरी खोज, उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मीको मनोबल कमजोर पार्ने र नागरिकमा सुरक्षा निकायप्रति अविश्वास सिर्जना गर्ने गरी गरिएका यस्ता प्रचार दुःखद र गैरजिम्मेवारपूर्ण भएको प्रहरीले जनाएको छ।

प्रवक्ता काफ्लेले संवेदनशील परिस्थितिमा सुरक्षाकर्मीको मनोबल कमजोर पार्ने तथा भ्रम सिर्जना गर्ने अपुष्ट सूचना प्रचार–प्रसार नगर्न सबैमा आग्रह गरेका छन्। नेपाल प्रहरी विपद्को समयमा नागरिकको जीवन रक्षा, खोज तथा उद्धार एवं मानवीय सेवामा निरन्तर प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७