भोटेकोशी बाढीपीडितलाई जापानी कम्पनी डिस्कभरी सपोर्टले दियो १० लाख


२०८३ भदौ २५ बिहीबार ०७:४६ बजे

काठमाडौं : भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको राहत तथा उद्धारका लागि जापानी कम्पनी डिस्कभरी सपोर्ट कम्पनी लिमिटेडले १० लाख रुपैयाँ सहयोग गरेको छ।

कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उक्त रकम सहयोग गरेको हो। बिहीबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा कम्पनीका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ग्लोबल आईएमई बैंकको १० लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो। कम्पनीले विपद्को समयमा बाढीबाट प्रभावित तथा पीडितलाई सहयोग पुर्‍याउने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत रकम प्रदान गरिएको जनाएको छ।

डिस्कभरी सपोर्टका प्रमुख मासुई सोता जापानमा रहेका नेपाली समुदायका सामाजिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक गतिविधिमा सहयोग गर्दै आएका व्यवसायी हुन्। कम्पनीले गत वर्ष एभरेस्ट फेस्टिभल, दशैं फेस्टिभल तथा नेपाली ब्यान्ड नेपथ्यको जापान कन्सर्टलगायतका कार्यक्रमलाई समेत सहयोग गरेको थियो।

नेपालमा होटल तथा रेष्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएको डिस्कभरी सपोर्टले जापानमा रहेका नेपाली समुदायसँग विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधिमा सहकार्य गर्दै आएको छ। कम्पनीले आगामी दिनमा पनि नेपाली समुदाय तथा सामाजिक र सांस्कृतिक गतिविधिमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। जापानी नागरिक तथा व्यवसायीबाट विपद्का समयमा प्राप्त सहयोगले बाढीपीडितको राहतमा योगदान पुग्नुका साथै नेपाल–जापानबीचको जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७