व्यापारी अमित अग्रवाल कारागार चलान


२०८२ बैशाख २४ बुधबार १३:०५ बजे

काठमाडौं । व्यापारी अमित अग्रवाल कारागार चलान भएका छन्। हिजो काठमाडौं स्वयम्भूबाट पक्राउ परेका उनी जरिवान तिर्न नसकेपछि कारागार चलान भएका हुन्। जिल्ला अदालत काठमाडौँले उनलाई बैंकिङ कसुर र चेक अनादरका दुईटा मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको थियो । २०८० जेठ २२ गते बैंकिङ कसुर मुद्दामा ३० दिन कैद र एक करोड ५० लाख जरिवाना हुने फैसला भएको थियो ।

अदालतले तोकेको डेढ करोड जरिवाना तिर्न नसकेपछि उनलाई डिल्लीबजार कारागार चलान गरिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले बताए। जिल्ला अदालत काठमाडौँले उनलाई बैंकिङ कसुर र चेक अनादरका दुईवटा मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको थियो । काठमाडौँ महानगरपालिका ३० बस्ने ४७ वर्षका अग्रवाल अदालतबाट दोषी ठहर भएपछि फरार रहँदै आएका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७