हनिट्रयाप प्रकरण : इन्स्पेक्टर शाहीसहित ५ जनाले पाए सफाइ


२०८२ चैत २५ बुधबार १३:०१ बजे

काठमाडौं : भैंसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको आरोप लागेको प्रकरणमा नेपाल प्रहरीकी इन्स्पेक्टर बिनु शाहीसहित ५ जनाले अदालतबाट सफाइ पाएका छन् । 

मंगलबार ललितपुर जिल्ला अदालतका न्यायाधीश ढाकाराम पौडेलको इजलासले शाहीसहित भिमादेवी थापा, सुस्मा विक, दर्शन पोखरेल र भैंसेपाटी प्रभागमा कार्यरत तत्कालीन सहायक हवलदार महेन्द्र हमाललाई सफाइ दिएको हो।

यस प्रकरणमा इटहरी घर भएका ताज मूल इस्लामलाई भने दोषी ठहर गरिएको छ। अदालतले उनलाई डेढ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । 

२०८१ असोजमा एक व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौं’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा सहायक हवलदार महेन्द्र हमाल, सुस्मा विक, ताज मूल इस्लाम र भिमादेवी थापालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो ।

प्रहरी अनुसन्धानअनुसार सो समूहले घरजग्गा कारोबारीबाट ३० लाख रुपैयाँ असुलेको निष्कर्ष निकालिएको थियो। उक्त रकममध्ये दुई पटकमा २० लाख रुपैयाँ भिमादेवी थापाको खातामा जम्मा भएको विवरण भेटिएको थियो। 

पीडितले आफूसँग रकम असुल्ने क्रममा इन्स्पेक्टर बिनु शाही पनि बिचौलियासँग मिलेको आरोप लगाएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो र त्यसपछि उनी निलम्बनमा परेकी थिइन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७