त्रिशूली-३ ‘ए’ सुरुङ खोल्न ८२ सुरक्षाकर्मी खटिए
भारतीय उद्धार टोली त्रिशूली पुग्यो
काठमाडौं : रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि सुरुङको प्रवेशद्वार खोल्ने कामलाई तीव्र पारिएको छ।
सुरुङको मुख खोल्ने प्रयास दुई दिनदेखि जारी रहेकोमा शनिबार बिहानैदेखि कामलाई थप गति दिइएको हो। सुरुङभित्र मानिस फसेको जानकारीपछि उद्धार टोली परिचालन गरी प्रवेशद्वारमा जमेको लेदो तथा भग्नावशेष पन्छाउने काम भइरहेको छ।
सुरुङको मुख खोतल्ने तथा भित्र फसेकाको खोजीलाई तीव्र बनाउन नेपाली सेनाका ६२ जना तथा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका २० जनासहित ८२ जनाको संयुक्त टोली निरन्तर खटिएको छ।
प्रतिकूल मौसमका कारण उद्धार कार्य भने चुनौतीपूर्ण बनेको छ। यसैबीच, उद्धारमा सहयोग गर्न नेपाल आएको भारतीय टोली त्रिशूली पुगेको छ। भारतीय टोलीले हेलिकोप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक हवाई अनुगमन गरी अवस्थाको मूल्यांकन गर्नेछ। अनुगमनपछि आवश्यकताअनुसार थप उद्धार कार्यमा सहयोग गर्ने योजना भारतीय टोलीको छ।
.gif)

.png)

