भोटेकोसी बाढी:

९० अमेरिकी नागरिक अझै सम्पर्कविहीन


२०८३ भदौ १३ शनिबार १२:४९ बजे

काठमाडौं :  नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोपछि करिब ९० जना अमेरिकी नागरिक अझै सम्पर्कविहीन रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटले हालसम्म कुनै पनि अमेरिकी नागरिकको मृत्यु पुष्टि नभएको बताएका छन्। उनका अनुसार पाँच जना अमेरिकी नागरिकको भने उद्धार भइसकेको छ।

पिगोटले अमेरिकी सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार बाढीपहिरो प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भएका कारण फोन सम्पर्क हुन नसकेका पर्यटकसमेत सम्पर्कविहीनको सूचीमा परेका छन्।

यसैबीच, काठमाडौं र बेइजिङस्थित अमेरिकी दूतावासले नेपाली तथा चिनियाँ सुरक्षा निकायसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ। बेपत्ता अमेरिकी नागरिकको खोजी तथा उनीहरूको अवस्थाबारे जानकारी संकलन गर्ने कार्य जारी रहेको दूतावासहरूले बताएका छन्।

अमेरिकी पक्षका अनुसार प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क पुनःस्थापित भएपछि फोन सम्पर्क हुन नसकेका पर्यटकसँग सम्पर्क कायम हुन सक्ने र त्यसपछि सम्पर्कविहीनको संख्या घट्न सक्ने अपेक्षा गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७