भारतीय र चिनियाँ विशेषज्ञ टोली उद्धारमा खटिने

भारतीय तथा चिनियाँ विशेषज्ञ टोलीले नेपाली सुरक्षा तथा उद्धार निकायसँग समन्वय गरी सहयोग गर्ने ।


२०८३ भदौ १३ शनिबार १३:१४ बजे

काठमाडौं : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा फसेका नागरिकको खोज तथा उद्धारका लागि भारतीय र चिनियाँ विशेषज्ञ टोली आजदेखि सुरुङ उद्धार कार्यमा खटिने तयारीमा छन्।

चिनियाँ विशेषज्ञ टोली आवश्यक उद्धार उपकरणसहित तयारी अवस्थामा रहेको र मौसम सफा हुनासाथ हेलिकोप्टरमार्फत नेपाल आएर सुरुङ तथा जोखिमयुक्त संरचनामा फसेका नागरिकको खोज तथा उद्धारमा जुट्ने तयारी गरेको जनाइएको छ।

सुरुङ, भग्नावशेष तथा अन्य जोखिमयुक्त संरचनाभित्र नागरिक फसेको हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै विशेषज्ञ उद्धार टोली परिचालन गर्न लागिएको हो।

भारतीय तथा चिनियाँ विशेषज्ञ टोलीले नेपाली सुरक्षा तथा उद्धार निकायसँग समन्वय गरी खोज तथा उद्धार कार्यमा सहयोग गर्नेछन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७