नयाँ बानेश्वरमा गुडिरहेको बसमा धुवाँको मुस्लो 


२०८१ श्रावण ३ बिहीबार ११:५९ बजे

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा गुडिरहेको एक बसबाट धुँवाको मुस्लो निस्किएपछि यात्रुहरुलाई ओरालिएको छ । भक्तपुरबाट काठमाडौंको रत्नपार्क जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९५५४ नम्बरको बस नयाँ बानेश्वरस्थित संसद भवन नजिक आइपुग्दा धुँवैधुवाँ भएको थियो ।

इञ्जिनबाट धुँवाको मुस्लो निस्किन थालेपछि बसलाई रोकेर यात्रुहरु ओरालिएको र मेकानिक्स बोलाएर मर्मतको काम भइरहेको नयाँ बानेश्वर प्रहरीका डिएसपी शिवराज बुढाथोकीले जानकारी दिए । अहिले अवस्था सामान्य छ । सडकमा अन्य सवारी साधनहरु सामान्य रुपमा सञ्चालन भइरहेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७