सुरक्षा निकायलाई कडाइका साथ कानुन कार्यान्वयन गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौँ : गृहमन्त्री सुधन गुरुङले सुरक्षाकर्मीलाई कानुन कार्यान्वयनमा दृढताका साथ उभिन निर्देशन दिएका छन्। जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उनले पारदर्शी ढङ्गबाट काम गर्न जोड दिएका हुन्।
निरीक्षणका क्रममा मन्त्री गुरुङले ललितपुरको सातदोबाटोस्थित प्रहरी वृत्तको पनि अवलोकन गरेका थिए। जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार निरीक्षणका क्रममा सुरक्षा व्यवस्थापन र कार्यसम्पादनबारे जानकारी लिइएको थियो।
गृहमन्त्री गुरुङले सोही दिन रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको समेत निरीक्षण गरेका छन्।
.gif)

.png)

