भोटेकोशी बाढीः सरकारी कार्यालयमा झुकाइयो राष्ट्रिय झण्डा
काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाएकाहरूको सम्झनामा सोमबार मुलुकभर राष्ट्रिय शोक मनाइएको छ। भदौ १० गते आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले मृतकप्रति सम्मान व्यक्त गर्दै घटनाको १३औँ दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो।
मन्त्रिपरिषद्को भदौ १८ गते बसेको बैठकले गरेको निर्णयअनुसार सोमबार देशभरका सरकारी कार्यालयमा राष्ट्रिय झन्डा आधा झुकाइएको थियो। विदेशस्थित नेपाली दूतावास तथा नियोगमा पनि राष्ट्रिय झन्डा आधा झुकाएर शोक व्यक्त गरिएको छ। यसैबीच, बाढीबाट भएको मानवीय क्षतिको विवरण थप गम्भीर देखिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म १ हजार ३५५ जनाको शव फेला परेको छ भने ४ हजार ९९६ जना अझै बेपत्ता छन्।
फेला परेका शवमध्ये अहिलेसम्म ९८ जनाको मात्रै सनाखत भएको प्राधिकरणले जनाएको छ। बाढीमा फसेका तथा प्रभावितमध्ये हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ। खोज तथा उद्धारसँगै बेपत्ताको अवस्था पहिचान र शवको सनाखत गर्ने कामसमेत जारी रहेको प्राधिकरणले जनाएको छ।
.gif)

.png)

